बागमतीमा केही दिनमै सरकार परिर्वतन हुन्छ : बानियाँ



मकवानपुर । नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा केही दिनमै सरकार परिर्वतन हुने बताएका छन ।

सत्ता गठबन्धनमा भएको सहमति अनुसार आफ्नो नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी बानियाँले गरेका हुन् ।

मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध हस्ताक्षर संकलन भएको विषयमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै बानियाँले सरकारको परिवर्तन गर्न आवश्यक प्रक्रिया मिलाउनुपर्ने भएकाले हस्ताक्षर संकलन गरिएको उल्लेख गरेका छन।

‘सरकार परिवर्तनको प्रक्रिया अब सुरु भयो । प्रक्रिया मिलाउनै हस्ताक्षर संकलन गरिएको हो । संकलित हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएपछि सरकार नेतृत्व परिवर्तन हुन्छ,’ उनले भने ।

हस्ताक्षर संकलनको विषयमा मुख्यमन्त्री पाण्डे समेत जानकार रहेको पनि बानियाँले बताएका छन । ‘मुख्यमन्त्री परिवर्तनमा नेकपा एस पनि सहमत छ । हस्ताक्षर संकलन सहमति मै भएको हो,’ बानियाँले भने ।

पूर्वसहमति अनुसार कांग्रेसले नेतृत्व लिनेगरी समाजवादीका सांसदको पनि हस्ताक्षर संकलन गर्दै बहुमत जुटाएर प्रदेश प्रमुखलाई बुझाइने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्