सशस्त्र प्रहरीका ५६ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (नामावली)



काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका ५६ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ।

सशस्त्र प्रहरी बल, प्रधान कार्यालय बढुवा समितिको सचिवालयका अनुसार शसस्त्र प्रहरी नियमावली २०७२ नियम ३९ को उपनियम १ को (ग) बमोजिम उनीहरूलाई बढुवा गरिएको हो।

बढुवा सिफारिसमाथि चित्त नबुझे सात दिनभित्र उजुरी दिन सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले भनेको छ। हिजो १६ गतेको निर्णयाअनुसार रामेश्वर श्रेष्ठ, छविलाल रावत, राजन विक्रम कार्कीलगायत ५६ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरिएको हो।

 

प्रतिक्रिया दिनुहोस्