राहुल गान्धीको राजीनामा स्वीकृत, सोनिया अन्तरिम अध्यक्ष 



काठमाडौं : भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीको राजीनामा स्वीकृत भएको छ । राहुलको राजीनामा स्वीकृतसँगै उनकी आमा सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष चयन गरिएको छ । 

राहुलअघि सोनिया नै अध्यक्ष थिइन् ।

लोकसभा चुनाव २०१९ मा पार्टी पराजित भएपछि अध्यक्ष राहुलले नैतिकताको आधार देखाउँदै राजीनामा बुझाएका थिए । तर, उनको राजीनामा तत्कालै अस्वीकृत गरिएको थियो ।

शनिबार बसेको कांग्रेस कार्यसमितिको बैठकले राहुलके राजनीतामा स्वीकृत गर्दै सोनियालाई अन्तरिम अध्यक्ष चयन गरेको हो । 

अर्को अध्यक्ष नचुनिएसम्म सोनियाले कांग्रेस आईको नेतृत्व सम्हाल्ने छिन् । 

 

प्रतिक्रिया दिनुहोस्