कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ बढ्यो



काठमाडौं : आइतबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबार एक अमेरिकी खरिददर ११२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५९ पैसा तोकेको छ । शुक्रबार  खरिददर ११२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४१ पैसा थियो । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा छ ।

शुक्रबार खरिददर ३० रुपैयाँ ०८ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा रहेको थियो । आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा तोकेको छ । शुक्रबार खरिददर ३० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रुपैयाँ १४ पैसा रहेको थियो ।

आइतबार यूएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा पुगेको छ । शुक्रबार यसको खरिददर ३० रुपैयाँ ७१ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा थियो । रिंगिट १ को खरिददर २७ रुपैयाँ  र बिक्रीदर २७ रुपैयाँ १४ पैसा छ ।

शुक्रबार खरिददर २६ रुपैयाँ ९६ पैसा र बिक्रीदर २७ रुपैयाँ १० पैसा रहेको थियो ।आज कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसा तोकेको छ । शुक्रबार खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा थियो ।

आज आइतबार कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ५२ पैसा छ । शुक्रबार खरिददर ३७० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३७२ पैसा रहेको थियो । यस्तै बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ७० पैसा र बिक्रीदर ३०१ रुपैयाँ २९ पैसा रहेको छ । शुक्रबार खरिददर २९९ रुपैयाँ २४ पैसा र बिक्रीदर ३ सय रुपैयाँ ८३ पैसा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्