जम्मू–कश्मीर विवाद : नेशनल कान्फ्रेन्सका नेता सर्वाेच्च अदालतमा



काठमाडौं : जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा र स्वायत्तता प्रदान गरेको संविधानको धारा ३७० खारेज गर्ने राष्ट्रपतिको आदेशविरुद्ध नेशनल कान्फ्रेन्सका नेताहरुले सर्वाेच्च अदालतलाई गुहारेका छन् । 

नेशनल कान्फ्रेन्सका नेता मोहम्मद अकबर लोन र हसनैन मसूदीले पाँच अगष्टमा जारी भएको राष्ट्रपतिको आदेशविरुद्ध सर्वाेच्चलाई गुहारेका हुन् ।

यो आदेशका अनुसार अनुच्छेद ३७० अनुसार जम्मू कश्मीरलाई प्राप्त विशेष दर्जा खारेज भएको छ । संसद सदस्य लोन र मसुदीले जम्मू एवं कश्मीर (पुनर्गठन) एक्ट २०१९ लाई चुनौति दिँदै यसलाई ‘असंवैधानिक, आमान्य र अप्रभावी’ घोषित गर्न माग गरेका छन् ।

उनीहरुले राष्ट्रपतिको आदेशलाई गैरकानुनी र असंवैधानिक घोषित गर्न माग गरेका छन् । 

जम्मू कश्मीरको विशेष दर्जालाई समाप्त गरेको सम्बन्धमा सर्वाेच्चमा दाखिल भएको यो चौथौ याचिका हो ।

नेशनल कान्फ्रेन्सका नेताहरुका तर्फबाट दायर भएको याचिकामा भनिएको छ, ‘संसदको सदस्य र भारतको नागरिक भएका हैसियतले राष्ट्रपतिको यो आदेशले हामी मर्माहत भएका छौँ ।’

 

प्रतिक्रिया दिनुहोस्