कैलालीको गौकन्द्री खोलामा डुबेर बेपत्ता बालकको शव फेला



कैलाली । कैलालीको गौकन्द्री खोलामा डुबेर बेपत्ता भएका बालकको शव भेटिएको छ । धनगढी उपमहानगरपालिका-१९ का दीपक विकका ११ वर्षीय छोरा निखिल मृत फेला परेका हुन् ।

बालककोे शव कैलारी गाउँपालिकास्थित गौकन्द्री खोलाको ८०० मिटर दक्षीणतर्फ फेला परेको प्रहरीले जनाएको छ ।

निखिल असार १५ मा कैलारी गाउँपालिका वडा नम्बर ६ मा रहेको आफ्नो मामाघर गएका थिए । मामाघरमै रहँदा गौकन्द्री खोलामा साथीहरूसँग पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्