साताको अन्तिम दिन ८ अंकले घट्यो सेयरबजार



काठमाडौं । साताको अन्तिम दिन शुक्रबारको सेयरबजार ८ अंकले घटेको छ । अरु दिन अपराह्न ३ बजेसम्म कारोबार हुने भए पनि शुक्रबार भने १ बजेसम्म मात्रै सेयरबजार खुल्छ ।

यसअनुसार आज बजार परिसूचक नेप्से ८.८७ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। नेप्सेका अनुसार सेन्सिटिभ सूचक पनि आज ३.१७ अंकले घटेको छ।

बजार बन्द हुँदासम्म सेयरबजारमा २२० कम्पनीको सेयर कारोबार भएको छ। २८ हजार ८ सय ६४ पटक भएको खरिदबिक्रीमा १ अर्ब ४५ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको हो।

आजको कारोबारमा आँधिखोला लघुवित्त र सीवाईसी लघुवित्तका सेयरधनीले १० प्रतिशत आम्दानी गरेका छन्। अन्य लगानीकर्ताले भने कम कमाएका छन् । गुमाउनेले भने ४.७७ प्रतिशतसम्म गुमाएका छन्। आज शिवम् सिमेन्टको सर्वाधिक साढे ५ करोडको सेयर किनबेच भएको छ।

प्रतिक्रिया दिनुहोस्