इनिस्पेक्टरद्वारा महिला बलात्कार, भिडियो बनाएर गर्न थाले ब्ल्याकमेल



हरियाणाको गुरुग्रामको एक पुलिस इनिस्पेक्टर माथि महिलालाई बलात्कार गरेको आरोप लागेको छ । पुलिसले आरोपीलाई पक्राउ गरेको छ । अदालतमा पेश गरेपछि इनिस्पेक्टरलाई तीन दिनका लागि पुलिस हिरासतमा पठाइएको छ । 

पिडित महिलाका अनुसार बलात्कार गरेको भिडियो पनि बनाएर उनीमाथि बारम्बार शोषण गरिएको थियो । 

पुलिसका अनुसार, गुरुग्राममा परेको एक मुद्धाको शिलशिलामा उक्त महिला र आरोपी इनिस्पेक्टरको भेटघाट भएको थियो । पुलिसले आरोपी इनिस्पेक्टरमाथि अनुसन्धान गरिरहेको छ । 

मिडिया रिर्पोटका अनुसार, १० जुलाइमा इनिस्पेक्टरले महिलालाई कारमा बलात्कार गरी भिडियो बनाएका थिए । भिडियोद्वारा उनले महिलालाई ब्ल्याकमेल गर्ने र कतिपल्ट शोषण पनि गरेका थिए । महिलाका अनुसार, यसपछि ११ जुलाईमा उनलाई आफ्नो घरमा बोलाएर फेरि बलात्कार गरे । पिडित महिलाको उमेर करिब ३० वर्ष छ । 

उक्त महिलाको बिहे २०१७ मा भएको थियो र उनको पतिसँग डिभोर्स भइसकेको भारतीय संचार माध्यमले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्