मोङरमा बसकाे ठक्करबाट २ जना विद्यार्थीको मृत्यु



काठमाडौं । मोरङमा बसको ठक्करबाट २ जना विद्यार्थीको मृत्यु भएको छ । स्कुल छुट्टी भएर घर फर्कन ठिक्क परेका बेला आफ्नै स्कुल बसले ठक्कर दिएर मोरङका २ बालबालिकाको ज्यान गएको हो।

मोरङको रंगेली ७ मा रहेको माउन्ट मकालु बोर्डिङ स्कुलको बसले मंगलबार ठक्कर दिँदा २ विद्यार्थीको मृत्यु भएको हो।

स्कुल छुट्टी भएपछि विद्यार्थीहरु बाहिर निस्कने क्रममा को १ क ११३० नम्बरको बस अनियन्त्रित भएर किच्दा रंगेली–७ का महादेव मण्डलका ४ वर्षीय छोरा हृतिक मण्डल र रंगेली–६ चोप्राहाका स्थानीय नरेश मण्डलकी ५ वर्षीया छोरी सोनमकुमारी मण्डलको मृत्यु भएको हो।

हृतिकको घटनास्थलमै मृत्यु भएको थियो भने सोनमकुमारीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ। यसैबीच विद्यालयको लापरवाहीका कारण विद्यार्थीको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले बुधबार दिनभरजसो प्रदर्शन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्