संक्रामक रोग फैलन सक्ने भन्दै तयार रहन स्वास्थ्य मन्त्रालयको अस्पताललाई निर्देशन



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मनसुन सक्रिय भएसँगै विभिन्न संक्रामक रोगहरु फैलन सक्ने भन्दै सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन गरेको छ। मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाई प्रमुख डा.समीरकुमार अधिकारीले सबै अस्पतालहरुलाई पत्र लेख्दै पूर्वतयारी तथा सतर्कता अपनाउन निर्देशन गरेको हो ।

मनसुनजन्य प्राकृतिक विपदका कारण आउने स्वास्थ्य समस्यासँगै खानेपानी प्रदूषण भई हैजा रोग लगायत विभिन्न संक्रामक रोगहरू फैलन सक्ने भन्दै अधिकारीले सबै अस्पतालहरुलाई पत्र लेख्दै पूर्वतयारी तथा सतर्कता अपनाउन निर्देशन दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्