नेप्सेमा सामान्य अंकले गिरावट



काठमाडौं । शुक्रबार २ घण्टाका लागि खुलेको बजारमा नेप्से सूचक सामान्य अंकले घटेको छ।

नेपाल स्टक एक्सचेन्जकाक अनुसार यस दिन नेप्से सूचक ८.८७ अंकले घट्दै २ हजार २८.७७ अंकमा झरेको हो।

अघिल्लो दिन यस्तो सूचक एकैदिन ७४ अंकमाथिले बढ्दै २ हजार ३७.६४ अंकमा उक्लिएको थियो। आज फाइनान्स र माइक्रोफाइनान्स समूहको उपसूचक बाहेक अन्य उपसूचक ऋणात्मक भएका छन्।

आज ८ अंक माथिले घटेको बजारमा १ अर्ब ४५ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्