मकवानपुरमा ट्रक दुर्घटना, चालकको मृत्यु



हेटौंडा । मकवानपुरमा भारतीय नम्बर प्लेटको ट्रक दुर्घटना भएको छ। कान्तिलोक पथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ११ घट्टेपाख नजिकै फलाम बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

शुक्रबार दिउँसो कान्तिलोकपथ सडकखण्डमा हेटौडा बाट ठिंगनतर्फ जादै गरेको सि जी ०७ बि अच ५५२७ नम्बरको फलाम बोकेको भारतीय ट्रक सडक बाट अन्दाजी २००–२५० मिटर तल खसेको थियो।

मृत्यु हुनेमा ट्रक चालक भारतको पट्ना जिल्ला महाबलिपुर बस्ने ४० बर्षीय सुरेन्द्र यादव रहेको मकवानपुर प्रहरीले बताएको छ। ट्रक चालकको शव गाडिको स्ट्रेरिङमा अड्केर रहेको र ट्रकका सहचालक भारत रौतास जिल्ला दरिहट बस्ने १८ बर्षीय अजित यादव भने हामफालेर बाचेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्