चीनमा आँधीबाट मृत्यु हुनेको संख्या २८ पुग्यो



बेइजिङ : चीनमा टाइफून लेकिमाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ। २० जना बेपत्ता रहेको अन्तर्राष्ट्रिय संचार माध्यामहरुले जनाएका छन्। चीनमा शनिबार आएको आँधीबाट झेन्झियाङ प्रान्तका करिब ५० लाख मानिस प्रभावित भएका छन् । करिब १० लाखलाई सुरक्षित स्थानमा लगिएको छ।

Cars are partially submerged in flood water

आँधीका कारण ३ हजार २०० उडान रद्द गरिएका छन्। यसरी रद्द गरिएकामा संघाई, बेइजिङ र अन्य सहरका पनि छन्। 

प्रतिक्रिया दिनुहोस्