नगराईन नगरपालिका धनुषाका सब–इन्जिनियर ५५ हजार घुससहित पक्राउ



काठमाडौं : नगराईन नगरपालिका धनुषाका सब–इन्जिनियर ५५ हजार घुससहित पक्राउ परेका छन् । 

सम्पन्न योजनाको कार्य सम्पन्न प्रतिवेदन तयार गरी रकम भुक्तानी लिन सहज गराई दिने भन्दै सब–इन्जिनियर उमेश मण्डलले सेवाग्राहीसँग ५५ हजार घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । 

जनकपुर उपमहानगरपालिका ६ अस्पताल रोडस्थित अञ्चल अस्पताल जनकपुर नजिकको रेडक्रस भवनको पश्चिम–दक्षिण र बाह्रबिघा चौरको पूर्व–दक्षिणबाट रङ्गेहात नियन्त्रणमा लिएको हो । 

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्