स्वतन्त्र उम्मेदवारहरूको भेला : उम्मेदवार बन्न स्नातक तह पास हुनुपर्ने



काठमाडौं । स्वतन्त्र उम्मेदवारहरूको प्रथम राष्ट्रिय विशेष भेला-२०७९ मा अवधारणा पत्र प्रस्तुत गरेको छ।

शनिबार ललितपुरको सानेपामा आयोजित भेलामा अवधारणा पत्र प्रस्तुत गरेको हो। स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक डम्बर साहुले सो अवधारणा पत्र प्रस्तुत गरेका हुन्।

त्यस अवधारणामा उम्मेदवारका मापदण्डहरू पनि उल्लेख भएका छन ।

अवधारणमा उम्मेदवारहरू अधिकतम ६८ वर्ष उमेर नकटेको हुनुपर्ने उल्लेख छ।

‘राज्यले नै ६८ वर्षको व्यक्तिलाई वृद्धभत्ता तोकिसकेको हुनाले हामीले मतदान गर्ने उम्मेदवार अधिकतम ६८ वर्ष नकटेको हुनेछ,’ पत्रमा भनिएको छ।

त्यस्तै सांसदहरूको न्यूनतम शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण हुनुपर्ने पनि उल्लेख गरिएको छ।

सांसद वा मन्त्रीले देश(विदेशका विभिन्न कार्यक्रम तथा निर्णयमा सहभागिता जनाउनुपर्ने हुँदा स्नातक तह उत्तीर्ण हुनुपर्ने उल्लेख गरिएको हो।

त्यसैगरी प्रत्यक्ष निर्वाचनमा लड्ने व्यक्ति चुनाव लड्ने घोषणा गरेकै दिन आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने भनिएको छ। प्रहरीको रिपोर्ट पनि सार्वजनिक गरिएको हुनुपर्ने भनिएको छ।

‘सासंदको उम्मेदवार बन्न चाहने व्यक्तिको चरित्र स्वच्छ हुनुपर्छ। उसमाथि कुनै पनि चारित्रिक दाग लागेको हुनुहुँदैन,’ पत्रमा भनिएको छ,‘उम्मेदवारी घोषणा गरेकै दिन पुलिस रिपोर्ट सार्वजनिक गरिएको हुनुपर्दछ।’

प्रतिक्रिया दिनुहोस्