युक्रेनमा फेरि रुसी क्षेप्यास्त्र आक्रमण, २१ जनाको मृत्यु



एजेन्सी । युक्रेनमा फेरि रुसी क्षेप्यास्त्र आक्रमण भएको छ । युक्रेनमा पछिल्लो समय लगातार रुसी क्षेप्यास्त्र आक्रमणका घटना भइरहेका छन् ।

गएराति भएको पछिल्लो घटनामा परेर  २१ जनाको ज्यान गएको युक्रेनी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

ओडेसा क्षेत्रमा रहेको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण हुँदा त्यहाँ रहेका २१ जनाको ज्यान गएको हो । घटनामा परि अरु केही घाइते भएका र उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको पनि अधिकारीहरूले जानकारी दिएका छन् । आक्रमण भएको भवनमा झण्डै एकसय जना बस्दै आएका थिए । भवन क्षतिग्रस्त छ ।

घटनास्थलमा उद्धार तथा खोजी कार्य भइरहेको छ । रुसी अधिकारीहरूले भने आक्रमण नभएको दावी गरेका छन् । रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री एस पेस्कोभले गएराती भएको आक्रमण अस्वीकार गर्दै कुनै स्थानीय बासिन्दा वा भौतिक संरचनालाई लक्षित गरेर आक्रमण गर्ने आफूहरूको योजना नरहेको बताएको एएनआईले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्