कैलालीमा झुन्डिएर एक महिलाद्वारा आत्महत्या 



कैलाली : कैलालीको बर्दगोरिया गाउँपालिका-१ मुडा गाउँमा एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छिन् । अाइतबार दिउँसो २:३० बजे आफ्नै घरस्थित साैचालयमा ४८ वर्षिया सीता जानकी चौधरीले झुन्डिएर आत्महत्या गरेकी हुन् ।

 महिलाकाे आत्महत्याकाे कारणबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक कलेन्द्र बिक्रम शाहीले जानकारी दिए । शवलाई पोस्टमार्टमका लागि टिकापुर लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्