बजेटको विरोध नगर्न सुदूरपश्चिममा माओवादीको निर्देशन



धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारले सांसदहरुलाई बटेनको विरोध नगर्न निर्देशन दिएको छ।

शनिबार मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता त्रिलोचन भट्टको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको संसदीय दलको बैठकले बजेटको पक्षमा उभिने निर्णय गर्दै सांसदहरुलाई पनि बजेटको विरोध नगर्न ह्वीप जारी गरेको हो।

‘सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा देखिएका स–साना त्रुटीलाई दिएर बाहिर अनावश्यक हल्लाहरु फिजाइएको भन्दै माओवादीको सांसदीय दलले यस्तो निर्देशन गरेको हो । बजेटमा भएका सानातिनना त्रुटी कार्यान्वयनका क्रममा सम्बन्धित मन्त्रालयबाटै सच्याउने पनि माओवादीले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्