काठमाडौं । काठमाडौं विश्वविद्यालय (के.यु) ले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आई.आई.टी.म.) सँग संयुक्त रूपमा डिग्री प्रदान गरिने इनर्जी सिस्टम्समा अन्तर्राष्ट्रिय स्नातकोत्तर कार्यक्रमको लागि सहकार्य गरेको छ । विद्यार्थी भर्नाको पहिलो ब्याचको लागि आवेदन हालै आव्हान गरिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा काठमाडौं विश्वविद्यालय (के.यु) र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आई.आई.टी.म.) बीच भएको बिच प्राज्ञिक गतिविधिमा सहकार्य गर्ने समझदारी पत्र एवं सम्झौता अनुरुप के.यु. र आई.आई.टी मद्रासद्वारा संयुक्त रुपमा प्रमाणपत्र प्रदान गर्ने गरी “मास्टर्स अफ टेक्नोलोजी इन इनर्जी सिस्टम्स” कार्यक्रमको थालनी भएको हो ।
सन् १६ मे २०२२ का दिन स्कुल अफ इन्जिनियरिङ, काठमाडौं विश्वविद्यालय, धुलिखेल, नेपाल र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास, भारतद्वारा यी दुई संस्थाबीच सन् २० जुलाई १९९८ मा हस्ताक्षर गरिएको छ । समझदारी पत्रको नवीकरणको रूपमा एक समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो ।
नेपालको लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेर बहादुर देउवाको उपस्थितिमा उक्त समझदारी पत्र हस्ताक्षर समारोह सम्पन्न भएको थियो । उक्त समझदारी पत्रले यी दुई संस्थाबीच शिक्षक तथा विद्यार्थी आदानप्रदान, अध्यापन, अनुसन्धान, विकास, परामर्श, अध्ययन, शैक्षिक सामग्री र प्रकाशनको आदानप्रदान र सांस्कृतिक तथा बौद्धिक सम्वृद्धिका अवसरहरूको आधार तयार गरेको छ ।