बाँदरको कारण पहाडका मानिस विस्थापित हुने अवस्थामा



विराटनगर । प्रदेश १ को संसद्मा बाँदरको कारण गाउँका मासिनहरु विस्थापित हुने अवस्था आएको विषय उठेको छ । प्रदेश १ का सभामा सांसदले पहाडी जिल्लामा बाँदर नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

प्रदेश १ प्रदेशसभाको शनिबार बसेको बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य रामचन्द्र लिम्बूले पहाडमा बाँदरहरुको कारण गाउँका मानिस विस्थापित हुने अवस्थामा पुगेको बताए । उनले बाँदरहरुगुरिल्ला जस्तो भएको भन्दै अहिले बाँदरको कारण नियन्त्रण गर्न नसक्दा मानिसहरु नै विस्थापित भइरहेको बताए ।

बाँदरको कारण्न पहाडमा ठूलो समस्या सिर्जना भएको छ। बाँदरले आतङ्क सिर्जना गरेको छ। मकै लगाए मकै खान्छ, कोदो लगाए कोदो खान्छ, जुनेलो लगाए जुनेलो खान्छ, मास लगाए मास खान्छ, बोडी लगाए बोडी खान्छ, सुन्तला लगाए सुन्लता खान्छ। केही बाँकी राख्दैनन् । सांसद लिम्बुले अहिले पहाडका बाँदर गुरिल्ला जस्तो हुन थाले, पुरुष देख्दा भागेजस्तो गर्छ, महिला खेद्न जाँदा त उल्टो आक्रमण गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्