बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने



काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा नदिने भएका छन ।

शनिबार काठमाडौंमा बसेको बागमती प्रदेशको नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठकले राजेन्द्र पाण्डेले राजीनामा दिनुपर्ने निष्कर्ष ननिकालेको सांसद कृष्णप्रसाद शर्मा खनालले जानकारी दिएका हुन् ।

‘मुख्यमन्त्रीले राजीनामा दिने प्रश्नै उठ्दैन,’ उनले भने, ‘केन्द्रीय गठबन्धनबाट सरकार बनेकाले केन्द्रीय गठबन्धनको निर्णयअनुसार नै मुख्यमन्त्रीले कदम चाल्नुहुन्छ ।’

सांसद शर्माले तल भएका हल्ला र चलखेलले कुनै अर्थ नराख्ने बताउँदै माथिको निर्णयअनुसार नै सबैकुरा हुने स्पष्ट पारेका छन ।

केन्द्रीय गठबन्धनले हरेक पार्टी र प्रदेश सरकारको टुंगो लगाएको अवस्थामा बागमती प्रदेशमा राजीनामा दिनुपर्ने भए अन्य प्रदेशका मुख्यमन्त्रीले पनि राजीनामा दिनुपर्ने उनको तर्क छ ।

सञ्चारकर्मीले सोधेको आधा–आधा कार्याकालको पत्रको सन्दर्भमा जवाफ दिँदै उहाँले पत्रको केही अर्थ नहुने र केन्द्रीय गठबन्धन नै सबैथोक भएको बताए ।

प्रतिक्रिया दिनुहोस्