काठमाडौंमा हैजाको संक्रमण बढ्दै, शनिवार ३ जनामा पुष्टि



काठमाडौं । वर्षात् समय सुरु भएसँगै काठमाडौं उपत्यकामा हैजाको संक्रमण फैलिरहेको छ । काठमाडौं उपत्यकामा शनिवार थप ३ जनामा हैजा देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार यो संख्यासँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ।

मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले तीमध्ये १२ पुरुष र ५ महिला छन् भने ५ जनाको उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्