धारिलो हतियार प्रयोग गरी एक दम्पतीको विभत्स हत्या



बागलुङ : बागलुङमा एक दम्पतीको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या भएको छ। ढोरपाटन नगरपालिका–८ बोबाङको अङगरे विराउनी बस्ने ६४ वर्षीय भानबहादुर कामी र उनकी श्रीमती ६० बर्षीया विमा कामीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो।

भानबहादुरको शव घर तलको मकै बारीमा भेटिएको थियो भने विमाको शव आफ्नै घरभित्रै विभत्स अवस्थामा रहेको प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी इन्चार्ज रिन बहादुर बैदवारले बताए। घटनाबारे सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताए।

प्रतिक्रिया दिनुहोस्