जापान-कोरियामा तुलसीको पात ५ रुपैयाँ पर्छ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एउटा तुलसीको पातको जापान–कोरियामा पातको ५ रुपैयाँ पर्ने बताएका छन् । शनिवार काठमाडौँमा एमाले निकट किसान महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएको हो ।

उनले ठूलो मात्रामा तुलसी लगाउन सक्यौँ र तुलसीको पात मात्रै बेच्न सक्यौँ भने जापान कोरियामा रुपैयाँको हिसाबले एउटा पातको ५ रुपैयाँ पर्न बताए। थोरै उत्पादन गर्न सरकारले अनुमति नदिने भन्दै त्यसकारण ठूलो परिणाममा उत्पादन गर्नुपर्ने बताए ।

आधुनिक नगदे बाली प्रशोधित ढङ्गले बेच्ने, उच्च मूल्य भएका काठहरू लगाउने, त्यसको औषधीय मूल्य, उच्च मूल्य भएका अत्तर बनाउने काठ, धार्मिक मूल्य भएका बस्तुको उत्पादनबाट किसानले मनग्गे आम्दानी गर्न सक्ने ओलीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्