गंगालालको निमित्त निर्देशकमा डा. युवराज लिम्बु



काठमाडौं : उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सहिद गंगालाल हृदय केन्द्रको निमित्त निर्देशकको जिम्मेवारी डा. युवराज लिम्बुलाई दिएका छन्। वर्तमान कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माको चार वर्षे कार्यकाल आइतबारदेखि सकिएको छ।

मन्त्री यादवले डा शर्मालाई दोस्रो कार्यकालका लागि पनि प्रस्ताव गरेका थिए। शर्माले जिम्मेवारी दोहोर्‍याउन इच्छा नभएको बताएपछि मन्त्री यादवले डा लिम्बुलाई अर्को व्यवस्था नहुँदासम्म निमित्त निर्देशकको जिम्मेवारी दिएको बताइएको छ।

अर्को निर्णय नहुँदासम्म डा. लिम्बुलाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको मन्त्रीका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्