भदौदेखि दूधको मूल्य बढ्दै



काठमाडौं : दूधको मूल्य भदौ १ गतेदेखि लागू हुने गरी बढ्ने भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले किसान र उद्योगीको मागअनुरूप तीन वर्षपछि दूधको मूल्य बढाउन प्रक्रिया सुरु गरेको हो।

हाल तीन प्रतिशत चिल्लो पदार्थ (फ्याट) र ८ प्रतिशत ठोस (एसएनफ)रहेको दूधको बजार मूल्य ७० रुपैयाँ प्रतिलिटर छ। प्रतिलिटर कति रुपैयाँ बढाउने भन्ने निर्णय गर्न बाँकी छ। मूल्यवृद्धिको विगतको अभ्यास हेर्दा यो वर्ष प्रतिलिटर ६ देखि ८ रुपैयाँसम्म मूल्य बढ्न सक्ने देखिन्छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्