गठबन्धन अपेक्षा गरेअनुसार सफल भएन : सुदर्शन बराल



काठमाडौं । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले गठबन्धन अपेक्षा गरेअनुसार सफल नभएको बताएका छन ।

प्रज्ञा प्रतिष्ठान कमलादीमा जारी माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा रिपोटिङ गर्दै उनले यस्तो बताएका हुन् ।

स्थानीय तहको निर्वाचनमा पार्टीबाट २५ अध्यक्ष–प्रमुख र १८ उपाध्यक्ष–उपप्रमख निर्वाचित भए बताउँदै बरालले माओवादीको प्रभाव भएको क्षेत्रमा कांग्रेस, एमाले , नेकपा एक भएर लडेको आरोप लगाए ।

उनले नवलपरासी, पाल्पा लगायत जिल्लामा पार्टीमै अन्तर्विरोध भएको उल्लेख गर्दै त्यसको उचित समीक्षा गर्न आवश्यक रहेको उनको भनाइ छ ।

टिके अध्यक्ष बनाएर अखिल क्रान्तिकारी, वाइसीएल लगायत संगठन नबनाउन बरालले पार्टी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन ।

प्रतिक्रिया दिनुहोस्