कुवेती दिनारको भाउ बढ्यो, कोरियन वनको घट्यो, अन्य विदेशी मुद्रा स्थिर



काठमाडौं : सोमबार कोरियन वनको भाउ केही घटेको छ भने कुवेती दिनारको भाउ केही बढेको छ । अरु विदेशी मुद्राको भाउ भने स्थिर छ । 

नेपाल राष्ट्र बैंकले सोमबार एक अमेरिकी खरिददर ११२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५९ पैसा तोकेको छ । हिजो पनि खरिददर ११२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५९ पैसा नै रहेको थियो । 

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा छ । 

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १९ पैसा तोकेको छ । 

यूएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा पुगेको छ । 

रिंगिट १ को खरिददर २७ रुपैयाँ  र बिक्रीदर २७ रुपैयाँ १४ पैसा छ । 

कोरियन वनको भाउ केही पैसाले घटेको छ । वन १ सयको खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा तोकेको छ ।

सोमबार कुवेती दिनारको भाउ केही बढेको छ । कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ७७ पैसा छ ।

यस्तै बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३०१ रुपैयाँ २५ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्