परीक्षा हलबाटै म्यासेन्जरबाट प्रश्नपत्र आउट



जनकपुर : एमबीएस पहिलो सेमेस्टरको प्रश्नपत्र आउट गरेको आरोपमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका ४ बाट ३ जनालाई पक्राउ गरेको छ ।

परीक्षा हलबाटै म्यासेन्जरबाट प्रश्नपत्र आउट गरी फोटोकपी गर्दै गरेको अवस्थामा स्थानीय ३० वर्षका लीलाराज शिवभक्तिसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ गरेकाहरुमाथि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्