श्वेता तिवारी र उनकी छोरी माथि घरेलु हिंसा,पक्राउ परे श्रीमान्



एजेन्सी : बलिउडको छोटो पर्दाकी चर्चित कलाकार श्वेता तिवारीले आफ्ना पति अभिनव कोहलीमाथि घरेलु हिंसाको आरोप लगाएकी छिन्। उजुरी परेपछि प्रहरीले अभिनवलाई पक्राउ गरेको छ। श्वेताको उजुरीअनुसार पतिले छोरीलाई पनि कुटपिट गर्ने गरेका थिए।

श्वेताका साथ उनी छोरी पलक पनि प्रहरी स्टेशनको बाहिर थिइन्। भारतीय मिडियाका अनुसार पतिले श्वेता र उनकी छोरीमाथि सधै नराम्रो व्यवहार गर्थे। जसकारण उनलाई प्रहरीको सहारा लिनुपर्ने अवस्था आयो।

भारतीय मिडियाले स्रोतको हवाला दिँदै लेखेका छन् कि, अभिनवले पलकमाथि अभद्र कमेन्ट गर्ने गर्थे। श्वेताका अनुसार अभिनवले छाेरीलाई सन् २०१७ मा एक मोडलको अश्लील फोटो पनि देखाएका थिए ।

यो उजुरी मुम्बईको समता नगर प्रहरी स्टेशनमा दर्ता भएको छ। श्वेता यसअघि पनि घरेलु हिंसाका विषय उठाएकी हुन्। यसअघि श्वेताका पूर्वपति राजा चौधरीसँग पनि उनको सम्बन्ध खासै राम्रो हुन सकेको थिएन। राजाले पनि नशामा आएर उनलाई कुटपिट गरेका थिए।

त्यसपछि श्वेताले राजासँग डिभोर्स गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्