पूर्वमिस नेपाल ‘अर्थ’ प्रिया सिग्देल राजनीतिमा



काठमाडौं : सन् २०१८ की मिस नेपाल अर्थ प्रिया सिग्देल साझा विवेकशील पार्टी प्रवेश गरेकी छिन्। उनी साझा पार्टीकी केन्द्रीय सदस्य नियुक्त समेत भएकी छिन्। पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा २४ वर्षीया प्रियालाई केन्द्रीय सदस्यमा अनुमोदन गरेको हो।

आइतबार बसेको केन्द्रीय समिति बैठकले सिग्देललाई केन्द्रीय सदस्य चयन गरेको हो। साझा पार्टीले युवापुस्तालाई जोड्नका लागि प्रियालाई मनोनित गरेको जनाएको छ। प्रियाले डेभलपमेन्ट स्टडिज विषय लिएर स्नातक गरेकी छन्।

उनी महिला सशक्तीकरणका विषयमा पनि सक्रिय छिन्। प्रियाले अब नेपालको भविष्य बनाउन युवापुस्ताको हात रहेकाले आफू साझा पार्टीमा प्रवेश गरेको बताएकी छिन्। उनले आफूलाई राजनीतिक रुपमा सक्रिय रहेर समाज रुपान्तरणका लागि भूमिका खेल्ने बताइन्।

प्रतिक्रिया दिनुहोस्