एक वर्षभित्रै टुट्यो सम्बन्ध यो सेलिब्रिटी जोडीको



एजेन्सी : हलिउडका सबैभन्दा ‘हट एण्ड ह्यापनिङ’ जोडीमध्ये एक माइली साइरस र नायक लिएम हेम्सवर्थले विवाहको एक वर्षभित्रै अलग्गिने निर्णय गरेका छन्। एक अमेरिकी रिपोर्ट अनुसार दुबैले आपसी सहमतीमा अलग्गिने निर्णय गरेका हुन् किनभने यी दुई आफ्नो ध्यान करियरमा केन्द्रीत गर्न चाहन्छन्।

स्मरण रहोस्, माइली र लिएमको विवाह सन् २०१८ को डिसेम्बरमा भएको थियो। विवाह अघि यी दुईले विगत १० वर्षदेखि एक अर्कालाई चिन्दथे। साइरसका प्रतिनिधीले पिपल डट कमलाई भनेका छन्, ‘यतिबेला लिएम र माइली एकअर्कासँग अलग्गिने बारे सहमत भएका छन्।

दुबैले आफूलाई र आफ्नो करियरमाथि ध्यान दिन चाहन्छन्।  यद्यपि, यी दुई आफ्ना जनावरका राम्रा आमा–बुवा बनेर बस्नेछन्। कृपया उनीहरुको यो प्रक्रिया र निजताको सम्मान गर्नुहोस्।’

स्मरण रहोस्, माइली साइरस सोसल नेटवर्किङ साइट इन्स्टाग्राममा निकै एक्टिभ हुन्छिन्। उनी आजकाल आफ्ना नयाँ फोटो र भिडियो इन्स्टाग्राम अकाउन्टमा सेयर गरिरहन्छिन्। माइली साइरस अमेरिकाकी चर्चित गायिका हुन् र उनको प्रस्तुतीको भिडियो सोसल मिडियामा भाइरल भइरहन्छन्।

प्रतिक्रिया दिनुहोस्