राखी सावन्तलाई दीपक कलालकाे धमकी भने, ‘चार दिनभित्र ४ करोड फिर्ता गर’ (भिडियाे सहित)



एजेन्सी : कन्ट्रोभर्सी क्विनको रुपमा स्थापित राखी सावन्त आफ्नो विवाहका कारण चर्चामा छिन्। उनले हेरक दिन सिन्दुर लगाएका नयाँ–नयाँ फोटो र भिडियो इन्स्टाग्राममा पोष्ट गरिरहन्छिन्। राखीले अहिलेसम्म श्रीमान् रितेशसँग फोटो पोष्ट गरेकी छैन तर उनले आफ्नो विवाह भएको खबरलाई पुष्टि गरिसकेकी छिन्।

राखीको विवाहको कुरा सुनेर सबैजना अचम्मित छन्। यस्तै युट्युबर दिपक कलाल भने उनले विवाह गरेकोमा भड्किइसकेका छन्। गत वर्ष राखी र दिपकको विवाहको चर्चा थियो। तर पछि यो अफवाह मात्रै साबित भयो।

अब राखीले एक एनआरआईसँग आफ्नो घर बसाएकी छिन्। यही कुरा दिपकलाई चित्त बुझेन र उनले राखीलाई तथानाम भने। राखी आफैंले दिपकको यो भिडियो आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छिन्।

View this post on Instagram

??????????

A post shared by Rakhi Sawant (@rakhisawant2511) on

प्रतिक्रिया दिनुहोस्