लागुऔषधसहित पाँच जना पक्राउ



वीरगञ्ज : बारामा लागुऔषधसहित प्रहरीले पाँच जनालाई  पक्राउ गरेको छ। कलैया उप महानगरपालिका वडा नम्बर १० मटिअर्वामा चेकजाँच गर्ने क्रममा ३ जना लागुऔषधसहित पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा कलैया उप महानगरपालिका ६ का हारुण मियाँ, सागर जैसवाल र भरत महतो धानुक रहेका छन्। त्यस्तै जितपुर सिमरा उप महानगरपालिका वडा नम्बर १ पथलैयाबाट पनि २ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा महोतरीको मनरा सिश्वा नगरपालिका वडा नम्बर १ बस्ने २३ वर्षीय नरेश कुमार मण्डल र १९वर्षीय शयाम सुन्दर साह रहेका छन्। पाँचै जनालाई लागुऔषध मुद्दामा जिल्ला अदालत बाराबाट म्याद थप गराई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्