टाइगर श्रोफलाई सोधियो, के तपाईं भर्जिन हो ? नायकले दिए यस्तो जवाफ



एजेन्सी : चकलेट बोयको इमेज बनाउने नायक टाइगर श्रोफ एक्सन हिरोको रुपमा पनि परिचित छन्। यसबाहेक उनी दिशा पाटनीसँगको सम्बन्धका कारण पनि चर्चामा छन्। हालै उनलाई सोसल मिडियामा यस्तो प्रश्न सोधिएको छ, जसको उनले चलाखीपूर्ण तरिकाले जवाफ दिएका छन्।

वास्तवमा टाइगरले इन्स्टाग्राममा ‘आस्क मी एनिथिङ्ग’ सेशनमा प्रशंसकहरुसँग कुरा गरिरहेका थिए। यतिबेला थुप्रैले उनलाई रोचक एवं नीजि प्रश्न पनि सोधे ।

एक प्रयोगकर्ताले उनलाई भर्जिन छ कि छैन भनेरसमेत सोधे। यसको जवाफमा उत्तर आयो, ‘अरे, लाज नभएकाहरु। मेरो आमा–बुवाले पनि मलाई फलो गर्नुभएको छ।’ यस्तै, जब दिशा पाटनीसँग उनको सम्बन्धबारे सोधियो, तब उनले भने, ‘मेरो औकात छैन भाइ।’

कामको कुरा गर्ने हो भने टाइगर चाँडै नै फिल्म ‘बागी थ्री’ मा देखिनेछन्। फिल्ममा उनीसँग एकपटक पुनः श्रद्धा कपुर देखिनेछन्।

प्रतिक्रिया दिनुहोस्