एक मिनेटभन्दा पनि कम समयमा तासका सबै पत्ताको क्रम याद गर्न सक्छिन् यी महिला



एजेन्सी : उत्तर कोरियाकी २२ वर्षीया पाङ उन सिमको स्मरणशक्ति अद्भुत छ। उनी जम्मा १८ सेकेन्डमा पाँच हजारभन्दा बढी अंक याद गर्न सक्छिन्। अनि एक मिनेटभन्दा कम समयमा उनी तासको पूरा गड्डी (५२ पत्ता) को क्रम याद गरेर फिटिसकेपछि पनि त्यसलाई त्यही क्रममा फेरि मिलाउन सक्छिन्। 

सन् २०१८ को डिसेम्बरमा उत्तर कोरिया पहिलोपटक वर्ल्ड मेमोरी च्याम्पियनशिपमा भाग लिन पुग्यो। त्यसमा पाङले देशको प्रतिनिधित्व गरिन्। कोरियाली टोलीले सात स्वर्ण, सात रजत र पाँच काँस्य पदक हात पारेको थियो। 

पाङ भन्छिन्, ‘यो सजिलो छैन। तर तपाईंले निश्चित समयमा राम्रो कोशिश गर्नुभयो भने कुरा याद गर्न सहज हुन्छ। यसमा आनन्द आउन थाल्यो भने यो सरल छ।’ च्याम्पियनशिपमा पाङ समग्रमा दोस्रो स्थानमा रह्यो। उनले ५ हजार १ सय ८७ बाइनरी नम्बर र १ हजार ७ सय ७२ पत्तालाई एक घन्टामा मिलाइन्। 

पाङसँग तासका पत्ताहरूको एक गड्डीलाई पुरानै क्रममा मिलाउन जम्मा १७.६७ सेकेन्ड लगाउने कीर्तिमान छ। च्याम्पियनशिपको एक इभेन्टमा ६० मिनेटमा सकेसम्म धेरै शब्द याद गर्न लगाइन्छ । तिनमा शीर्ष पाँच खेलाडीमा तीनजना उत्तर कोरियाका थिए। तीमध्ये दुईले विश्व कीर्तिमान तोडे।

पाङले ३ हजार २ सय ४० अंक ल्याइन्। उत्तर कोरियाली टोलीका प्रशिक्षक चा योङ होका अनुसार, स्मरणशक्तिका प्रविधिहरू बालबालिकालाई मिडल स्कूलबाट सिकाउन थालिन्छ। कुराहरू या दगर्नका लागि भावना, कल्पना र श्लोकहरूको उपयोग गरिने उनले बताए।

प्रतिक्रिया दिनुहोस्