मोदी र अमित शाहको जोडी भगवान कृष्ण र अर्जुन जस्तो : सुपर स्टार अभिनेता रजनीकान्त



एजेन्सी : सुपर स्टार अभिनेता रजनीकान्तले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको जोडी भगवान कृष्ण र अर्जुनको जस्तै रहेको बताएका छन्। जम्मू–कश्मीरलाई विशेष राज्यको हैसियत प्रदान गर्ने संविधानको धारा ३७० खारेज गर्ने निर्णयप्रति मोदी र अमित शाहलाई बधाई ज्ञापन गर्दै रजनीकान्तले यस्तो बताएका हुन्।

उनले मोदी र अमितमा को अर्जुन र को कृष्ण हुन् भन्ने कुरा भने आफूले भन्न नसक्ने उल्लेख गरेका छन्।

‘जम्मू कश्मीर मिसनमा म मोदी र शाहलाई बधाई ज्ञापन गर्न चाहन्छु, यसबारे संसदमा उनीहरुले दिएको मन्तव्य गजबकाे थियो, अमित शाह र मोदीको जोडी भगवान कृष्ण र अर्जुन जस्तै हो’, रजनीन्कान्तले भनेका  छन् ‘काे कृष्ण र को अर्जुन भन्ने कुरा उनीहरु आफैले जानुन्, म आगामी दिनमा पनि यो महत्वपूर्ण कदमले सफलता प्राप्त गरोस् भनि शुभकामना दिन चाहन्छु।’

प्रतिक्रिया दिनुहोस्