कश्मीरी बालकलाकार : जसले राष्ट्रिय पुरस्कार पाउँदा समेत खबर पाएनन्



एजेन्सी : शुक्रबार भारतमा घोषणा भएको राष्ट्रिय फिल्म पुरस्कारमा उर्दु भाषाको सर्वश्रेष्ठ फिल्म छानियो- ‘हमिद’लाई। दिफिल्मका मुख्य कलाकार आठ वर्षका तल्हा अरशद रेसीलाई सर्वश्रेष्ठ बालकलाकारको अवार्ड दिने घोषणा भयो।

तर, जम्मु कश्मिरका तल्हालाई अहिलेसम्म पनि आफूले अवार्ड पाएको थाहा भएको छैन। मोदी सरकारले धारा ३७० खारेज गरेपछि जम्मु कश्मिरलाई केन्द्रशासित दुई प्रदेशका रुपमा बाँडेयता उक्त क्षेत्रमा फोन, इन्टरनेट केही पनि नचलेपछि यो जानकारीबाट तल्हा बञ्चित भएका हुन्।

फिल्मका निर्देशक एजाज खानका अनुसार शुक्रबार यी पुरस्कारको घोषणा भए पनि सञ्चार माध्यम बन्द भएकाले तल्हासँग सम्पर्क गर्ने प्रयास सफल भएको छैन। हिन्दी वायरका अनुसार अवार्ड पाएको खुसी तल्हालाई भन्न नपाउनु निराशाजनक भएको प्रतिक्रिया एजाज खानले दिएका छन्।

प्रतिक्रिया दिनुहोस्