बाख्रा चराउन गएकी बालिका मृत फेला, बलात्कार गरी हत्या गरिएको आशंका



उदयपुर : उदयपुरमा एक १२ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छिन् । रौतामाई गाउँपालिका वडा नं.३, लाफागाउँ अमला भञ्ज्याङ घर भएकी १२ वर्षीया बालिका मृत फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

शनिवार दिउँसो २ बजे बाख्रा चराउन गएकी बालिका घर फर्केर नआएपछि घर परिवार र आफन्तले खोजी गर्ने क्रममा मृत फेला परेको वडाअध्यक्ष दुर्गराज खड्काले बताए ।  

अध्यक्ष खड्काले भने,  ‘शरीरमा लगाएको कपडा च्यातिएको अवस्थामा फेला परेको छ, बलात्कारपछि हत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।’ 

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटको नेतृत्वमा प्रहरी टोली छानबिनका लागि घटनास्थलतर्फ गएको प्रहरी उपरीक्षक चन्ददेव राईले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्