दुर्घटनापछि भाग्न लागेका जीपचालकलाई रोक्न खोज्दा रोक्ने व्यक्तिमाथि गुडाइयो जीप (भिडियो)



एजेन्सी : कोलम्बियामा जीप हाँकिरहेका एक व्यक्तिले सडक दुर्घटनापछि एक बसचालकमाथि जीप गुडाएको भिडियो सार्वजनिक भएको छ। मंगलवार भएको यस घटनामा बोगोटामा इन्टिग्रेटेड पब्लिक ट्रान्सपोर्टेसन सिस्टमका एक कर्मचारीले जीपको अगाडिको देब्रेतिरको चक्कामा अडिएर त्यसलाई रोक्न खोजेका थिए।

सडक दुर्घटना भएपछि अधिकारीहरू घटनास्थलमा नआउन्जेल जीपलाई त्यहीँ रोक्न उनी चक्काअगाडि बसेका थिए। जीपचालक जोसे माउरिसियो गिल भेलास्केजले गाडीलाई हल्का गति दिँदै भार्गासको शरीरमाथिबाटै गुडाएको दृश्य त्यही बाटो भएर गइरहेका अन्य गाडीचालकले खिचे। घटनाअघि भेलास्केज र भार्गासबीच झगडा भएको थियो। 

जीपको चक्कामुनि पिल्सिएका भार्गासलाई मुक्त गर्न प्रत्यक्षदर्शीहरूले भेलास्केजलाई गाडी रिभर्समा लान भनेका थिए। भेलास्केजलाई पक्राउ गर्नका लागि सरकारी वकिलको कार्यालयले नयाँ पक्राउपुर्जीको अनुरोध अदालतसमक्ष गर्ने स्थानीय मिडिया अलर्टा बोगोटाले लेखेको छ। 

भार्गासलाई पारामेडिकहरूले घटनास्थलमा उपचार गरेपछि स्थानीय अस्पताल पुर्‍याइएको थियो । उनको हाड फ्र्याक्चर भएको छैन तर गोडा सुन्निएको छ । 

प्रतिक्रिया दिनुहोस्