ढाड कन्याउने क्रममा गजबले नाच्यो भालु (भिडियो सहित)



एजेन्सी : रोमानियामा बोक्सी नामक एक भालुले ढाड चिलाएपछि चट्टानमा रगडिने क्रममा गजबको नृत्यकला देखाएको छ। घटनाको भिडियो पनि सार्वजनिक भएको छ। भिडियोमा साढे २ वर्षीय खैरो भालुले भुइँ सुँघेको देखिन्छ। उसले चट्टान देखेपछि पछिल्लो खुट्टामा उभिन्छ र ढाड कन्याउँदै नाच्न थाल्छ। 

उसले मस्तसँग गोडामा उभिएर यताउता हल्लिएको दृश्य देख्न पाइन्छ। हंगेरियन भाषामा बोक्सी भनेको भालुको सानो बच्चा हो। यो युरोपेली खैरो भालुको एक प्रजाति हो। सन् २००० को दशकमा यस प्रजातिका भालुहरूको संख्या घटेको थियो किनकि अत्यधिक विकासका कारण भालुहरू दुर्गम क्षेत्रमा लखेटिन पुगेका थिए असन खाना पनि पाएका थिए। 

बोक्सीलाई प्राकृतिक आरक्षमा राखिएको छ र आरक्षका कारण भालुको संख्या वृद्धि भएको छ। युरोपका जंगलहरूमा अहिले १७ हजार खैरो भालु रहेको विश्वास गरिएको छ। तीमध्ये ५ हजार भालु रोमानियामा छन्। 

प्रतिक्रिया दिनुहोस्