भीरबाट लडेको गाईलाई हेलिकप्टरबाट गरियो उद्धार (भिडियो सहित)



एजेन्सी : इटलीको काम्पानिया क्षेत्रमा रहेको भोल्टुरारा इर्पिना शहरमा रहेको पहाडमा भीरबाट लडेर अप्ठ्यारो ठाउामा अड्किएको एक गाईलाई उद्धारकर्ताहरूले उद्धार गरेका छन्। निकै मिहिन योजना बनाएर चलाइएको कारवाहीमा इटलीका आपतकालीन उद्धारकहरूले गाईलाई हेलिकप्टरमा बाँधेर सुरक्षित स्थानमा ल्याउन सफल भएका थिए।

उद्धारको भिडियो सार्वजनिक भएको छ। भिडियोमा अग्निनियन्त्रकहरूको एक समूह अक्करे भीरमा गएको अनि डोरी झारेर गाईनजिक पुगेको देखिन्छ। लडेको गाई निकै कमजोर भएको देखिन्छ। 

गाई जहाँबाट लडेको हो त्यतै धचेडेर माथि लग्नुभन्दा पनि उक्त समूहका अर्का एक व्यक्तिले माथि उडिरहेको हेलिकप्टरलाई डोरी झार्न लगाउँछन्। केही बेरपछि थकित गाईलाई हावामा उचालिएको थियो। गोडाले भुइँ छोडेपछि गाईले खुट्टा फालेको थियो। 

केही समयपछि गाईलाई एउटा फूटबल मैदानको सुरक्षित स्थानमा झारिएको छ। हेलिकप्टरले गाईलाई हलुकासँग भुइँमा राख्छ। शक्ति क्षीण भएको गाई खुट्टामा उभिन नसकेपछि तत्कालै लड्छ। भिडियोको अन्त्यमा उद्धारकर्ताहरूले छक्क परेको गाईका कान सुम्सुम्याएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्