वीरगञ्ज : वीरगञ्जमा भारतीय नागरिक झुण्डिएको अवस्थामा फेला परेका छन् ।
भारतको आसामा घर भई हाल वीरगञ्जमा ठेला चलाउने काम गर्दै आएका अन्दाजी ५५ वर्षीय शंकर मण्डल झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मण्डल शव अम्बाको रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
प्रारम्भिक अनुसन्धानबाट मण्डलले आत्महत्या गरेको देखिएको र आत्महत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
अहिले मण्डलको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइको प्रहरीले जनाएको छ ।