उडानका क्रममा विमानभित्र मदिरामा मस्त भएर एयर होस्टेस सुतेपछि… (भिडियो)



एजेन्सी : एक विमानकी एयर होस्टेस रक्सीले चुर भएर सीटमा सुतेको अनि यताउता ढुलमुल गरेको दृश्य यात्रुले खिचेपछि उनको जागिर गएको छ। अमेरिकाको विस्कोन्सिन राज्यको वाउकेशामा बस्ने जुलिएन मार्च युनाइटेड एक्सप्रेसको उडानमा शिकागोबाट इन्डियाना जाने क्रममा मदिरामा मस्त भएकी थिइन्। 

विमान अवतरण गरेपछि अधिकारीहरू विमानमा प्रवेश गरे अनि मार्च रुन थालिन् । उनलाई आफू शिकागोमै छु जस्तो लाग्यो। यात्रु आरोन शेर्बले विमान परिचारिकाको व्यवहार अनौठो रहेको याद गरेको एबीसी न्युजलाई बताए।

मार्च सीटहरूमा ढेसिएर बसेको र विमानमा आएका यात्रुहरूसँग आँखा जुधाएर हेर्न नसकेको शेर्बले बताए। विमान परिचारिकाले विमान उड्ने बेलामा सुरक्षा घोषणा गर्दा लर्बरिएको सुनिएको अनि विमानमा सीटहरूको बीचबाट हिँड्दा यात्रुहरूसँग ठोकिएको उनले बताए।

त्यसपछि उनी सीटबेल्ट नबाँधिकनै सीटमा बेहोश भए झैं गरी सुतेकी थिइन्। उडानका क्रममा यात्रुहरूले उनलाई बोलाउँदा उनले कुनै प्रतिक्रिया नजनाएको अर्का यात्रुले बताए। विमान अवतरण गरेपछि शेर्बले पाइलटहरूलाई उनको व्यवहारका बारेमा बताए।

पाइलटहरूले यो कुरा थाहा पाएको र अधिकारीहरूलाई सूचित गरेको जवाफ दिए। घटना हुँदा मार्च परीक्षणकालमै थिइन् र केही महिनायता मा विमान परिचारिकाका रूपमा कार्यरत थिइन्। उनलाई जागिरबाट निकालिएको।

प्रतिक्रिया दिनुहोस्