ठोरी नाकाबाट भारत लगिएका तीन युवतीको उद्धार



वीरगन्ज : पर्साको ठोरी नाकाबाट सोमबार प्रहरीले ३ जना नेपाली युवतीको उद्धार गरेको छ। चितवन भरतपुरको चौबीसकोठीबाट ठोरीका लागि छुटेको ना ५ ख २४५० नम्वरको कोइराला ट्राभल्स बसमा चढेर सोमबार उनीहरू ठोरी नाका पुगेका थिए।

उद्धार गरिएका तीनै युवती तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर ४ का रहेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्तले जानकारी दिए। तीनै युवतीलाई भारतको दिल्लीमा रहेको एक श्रृंगारिक कम्पनीमा सामान प्याक गर्ने काममा लगाइदिने भन्दै लैजाने एक भारतीय नागरिक सहित ३ जनालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक पन्तले जानकारी दिए।

पक्राउ पर्नेहरूमा भारतको बेतिया पिपरा घर भएका बृजेश कुमार, तनहुँको देवघाट ५ का ४४ वर्षीय यादवप्रसाद धिताल र घिरिङ गाउँपालिका–४ का १९ वर्षीय किसन विश्वकर्मा रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्