मुम्बईको एक होटलले दुईवटा अण्डाका लागि १७ सय भारु तिराएपछि…



एजेन्सी : भारतको मुम्बईमा रहेको फोर सीजन्स होटलले जम्मा दुईवटा अण्डाका लागि १७ सय भारु तिराएपछि हंगामा मच्चिएको छ। 

बलिउड कलाकार राहुल बोसले चण्डीगढस्थित जेडब्ल्यू मेरियट होटलमा दुईवटा केराका लागि ४४२ भारु तिर्नुपरेको भनी गुनासो गरेपछि कर विभागले होटललाई २५ हजार रुपैयाँ जरिवाना तिराएको थियो। अहिले अर्को होटलले त्यसै गरी थोरै सामानका लागि धेरै पैसा डाँडेको खबर आएको हो।

ट्विटर प्रयोगकर्ता कार्तिक धारले होटलको बिलको तस्वीर पोस्ट गर्दै लेखे : ‘मुम्बईको फोर सीजन्समा दुईवटा अण्डाको १७ सय भारु।’ उनले राहुल बोसलाई ट्याग गर्दै लेखे, ‘दाइ, आन्दोलन गरौं ?’ 

ट्विटरका अन्य प्रयोगकर्ताले यो सीधै लुट हो भन्दै हंगामा मच्चाइरहेका छन् । होटलले यस विषयमा वक्तव्य जारी गरिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्