नेकपा सचिवालय बैठक फेरि स्थगित



काठमाडौं : भोलि अर्थात साउन २८ गते तोकिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सचिवालयको बैठक फेरि स्थगित भएको छ। सचिवालय बैठक बुधबार तीन बजे डाक्ने जानकारी सचिवालय सदस्यहरूलाई साँझ दिइएको जनाइएको छ।

१५ दिनको प्रतीक्षापछि बैठक हुने आशमा केन्द्रीय सचिवालय सदस्यहरू रहेका बेला सोमबार मात्रै सिंगापुरमा उपचार गरि ९ दिन पछि फर्किएका पार्टीका एक अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अनौपचारिक छलफल गर्न चाहेपछि बैठक स्थगित गरिएको हो।

नेकपाको विभागसँगै, महत्वपूर्ण मानिएको पोलिटव्युरो गठन, विभिन्न आयोगहरूको गठन लगायतका काम बाँकी नै छन्।

प्रतिक्रिया दिनुहोस्