रणवीर कपूरले मागे आलियाको हात, बने इमोसनल !



एजेन्सी : बलिउड नायिका आलिया भट्ट र रणवीर कपूर रिलेशनमा आएको समाचार त निरन्तरजसो आइरहन्छ। पछिल्लो दिन खबर आइरहेको छ कि, यी दुईले बिहे पनि गर्दैछन्। भारतीय मिडियाका अनुसार रणवीर कपूरले आलियाका बुबा महेश भट्टसँग आलियाको हात मागेका छन्। त्यतिबेला उनी निकै भावुक भएको पनि बलिउड मिडियाले स्रोतको हवाला दिँदै लेखेका छन्।

एक समाचार अनुसार महेश भट्टसँग आलियाले हात माग्ने क्रममा इमोसनल भएका थिए, उनका आँखामा आँसु आएको थियो। योसँगै खबर आएको छ कि, यी दुईले सन् २०२० मा बिहे गर्नेछन्। त्यसो त यी दुईले बिहे गर्ने खबर यसअघि पनि चलेको थियो। पछि त्यो खबरलाई हल्ला भएको बताइयो।

आलिया र रणवीरले एकसाथ अभिनय गरेको फिल्म ‘ब्रह्मास्त्र’ प्रदर्शन हुन बाँकी छ। यही फिल्मको शूटिङका दौरान यी दुई प्रेममा परेका थिए। यो यी दुईले एकसाथ काम गरेको पहिलो फिल्म थियो।

प्रतिक्रिया दिनुहोस्