बिकिनी पोजमा प्रियंका चोपडा



एजेन्सी : बलिउड अभिनेत्री प्रियंका चोपडा आजभोलि आफ्ना पति निक जोनसका साथ रमाइरहेकी छिन्। उनी निकसँग भ्याकेसनमा छिन्। यो जोडी यतिबेला इटलीमा छ। दुवैले आफ्नो यो खुशी सामाजिक सञ्जालमार्फत फ्यानमाझ पु–याएका छन्। हालै प्रियंकाले आफ्ना केही बिकिनी तस्वीर सामाजिक सञ्जालमा शेयर गरिन्। यी तस्वीरमा प्रियंका सुन्दर देखिएकी छिन्।

बिकिनीमा प्रियंका थप हट देखिएकी छिन् । एक तस्वीरमा उनले साथमा ड्रिङ्क्स पनि गरिरहेकी छिन्। यी तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दै फ्यानले कमेन्ट गरेका छन्। प्रियंका आफ्नो यही हटनेसका कारण बलिउडदेखि हलिउडसम्मको यात्रा तय गरेकी छिन्। हालै उनले हलिउडको एक नयाँ प्रोजेक्टमा काम गर्दैछिन् । यस्तै प्रियंकालाई बलिउडको फिल्म् ‘स्काइ इज पिंक’ मा पनि देख्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्