निगुरो खाने गर्नु भएको छ ? यस्तो फाइदा पुग्छ



एजेन्सी : अहिले निगुरोको सिजन हो। यसको ठाउँ अनुसारको नाम हुन्छ। कतिपयले न्युरो र निहुरो पनि भन्छन्। वनजंगलमा पाइने र विषादीको प्रयोग नहुने हुँदा निगुरा स्वास्थ्यका हिसावमा निकै फाइदाजनक साग हो।

बजारमा धेरै खालका निगुरो पाइन्छ। जो स्वास्थ्यका हिसावमा निकै लाभदायक मानिन्छ। निगुरोको तरकारी तपाईले धेरै पटक खानु भएको छ होला। तर यसको फाइदा बारे तपाईंलाई जानकारी नहुन सक्छ। त्यसैले आज हामी निगुरो खानुको फाइदाबारे यहाँ चर्चा गर्दै छौं।

निगुरोमा प्रोटिन, भिटामिन क्याल्सियम लगायतका पोषक तत्व पाइन्छ। निगुरोमा भिटामिन ए पाइन्छ जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ। त्यस्तै निगुरोमा भिटामिन सी पनि पर्याप्त मात्रामा पाउन सकिन्छ। जसले आखालाई फाइदा पुग्छ।

त्यस्तै निगुरोमा पोटासियम पनि पाइन्छ। पोटासियमले मुटुलाई स्वस्थ्य राख्न सहयोग पुर्‍याउँछ। निगुरोमा आइरनको मात्रा पनि पर्याप्त मात्र पाइन्छ। जसका कारण रातो रक्त कोशिका वृद्धिमा पनि सहायता पुग्छ।

प्रतिक्रिया दिनुहोस्